काठमाडौं, साउन ३० । नेकपा माओवादी केन्द्रले लामो छलफल र विवाद पछि पाँच मन्त्रीसहित चार राज्यमन्त्रीको टुंगो लगाएको छ ।
माओवादी स्रोतका अनुसार आज शपथ ग्रहण गर्ने राज्यमन्त्रीहरुमा श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।
श्रीप्रसाद जबेगु स्थानीय विकास, सत्यनारायण भगत उर्जा, राधिका तामाङ कृषि र धनमायालाई विकलाई शिक्षा वा स्वाश्थ्यमध्ये एक राज्यमन्त्रीको जिम्मेवारी दिइने तयारी भएको हो ।