कोलोराडोमा आज एक सांझका विच राष्ट्रीय गानका संगितकार अम्बर गुरुङलाई संगितका माध्यमबाट श्रदान्जली अर्पण गरिएको छ । कोलोराडोको सबैभन्दा पुरानो नेपाली संस्था रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको प्रस्तुतिमा कोलोराडोको सांगितिक समुह JAM KEY JAM को आयोजनामा यो श्रदान्जली सांगितिक सांझ सम्पन्न भएको थियो ।
रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका अध्यक्ष सरद आचार्यले स्वागत मन्तब्य राख्नु भएको यस कार्यक्रममा अम्बर गुरुङको तस्बिरमा माल्यार्पण गरि श्रदान्जली सांगितिक सांझ सुरु गरिएको थियो ।
सामुहिक राष्ट्रीय गानवाट सुरु गरिएको सांगितिक प्रस्तुतीलाई एकल गाएनका साथ अघी बढाइएको थियो । कोलोराडोमा सांगितिक समुह गठन गरेर नेपाली संगितलाई प्रदेशमा बसेर अगाडी बडाउदै आएको JAM KEY JAM ले कोलोराडोमा रहनु भएक संगितकर्मिहरुसँग मिलेर यस सांझका लागि गित र संगीतको व्यस्थापन गरेको थियो ।
अम्बर गुरुङले गाएका तथा संगित भरेका गितहरु प्रस्तुत गरिएको यो सांझमा सम्झना पाण्डेले पोखिएर घाम को झुल्का, बसन्त लम्सालले कही आफ्नो भुमरिमा, दीपका गौतमले पोहर साल, निर्मला श्रेष्ठले यो जिन्दगीको के कुर, मनोज काजी तुलाधर र सीमा बस्नेत कार्कीले ए कन्छा, नवीन श्रेष्ठले तिमी भुलमा पर्यो, सुरेश चन्द्र प्रधानले म दूर भए के भो, निलम श्रेष्ठले म अम्बर हुँ तिमी धरती भन्ने गीत तथा सरोज दत्तले पिउदैन पिउने मान्छे भन्ने गजल गाएर यस सांझ लाई अम्बर सांझ बनाएका थिए ।
साहित्यकार एवम रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका सल्लाहकार ज्ञानेन्द्र गदालले अंबर गुरुङको सम्झनामा कविता वाचन गरेका थिए । नबिन श्रेष्ठ र बिजय श्रेष्ठले तबला र सितारका धुन मार्फत श्रदान्जली अर्पण गरेका थिए भने बाध्यबादनमा सुरेन्द्र महर्जन, वसन्त लम्साल, इशान प्रधान, अनुपम राई, प्रभात मानन्धर जस्ता कलाकारको साथ थियो । सांगितिक प्रस्तुति फेरी एक पटक सामुहिक रुपमा रातो र चन्द्र सुर्य रातो र चन्द्र सुर्य गाउदै सकिएको थियो ।
रक्की माउन्टेन फ्रेन्ड अफ नेपाल कोलोरडोले कलाकारहरुलाई विभिन्न सङ्घ संस्थाका पदाधिकारी तथा बुद्धिजिबीहरुबाट प्रमाण पत्र प्रदान गरि सम्मान गरेको थियो । सांगितिक कार्यक्रमको सञ्चालन तारा अधिकारी र चुना राईले गरेका थिए भने रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका कल्चर सेक्रेटरी दिनेश कार्कीले कार्यक्रमको सुरवात र अन्त्य गरेको थिए ।