नेविसंघको निर्वाचन कार्यतालिका यस्तो रहेकाे छ

समाचार

nebisang

काठमाडौं, साउन ३२।   नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको ११ महाधिवेशन अन्तरगत अहिले उमेदवारी मनोनयन दर्ता भइरहेको छ ।

प्रतिनिधि नामवलीमा देखिएको विवाद संस्थापन पक्ष र नेता रामचन्द्र पौडेलबीच हिजो भएको पाँच बुँदे सहमतिसँगै टुङ्गिएपछि निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढेको हो ।

निर्वाचन समितिले हिजो बिहान ८ बजेबाट सुरु गरेको मनोनयन दर्ताको समय आज बिहान ११ बजेसम्मका लागि बढाएको छ ।

नेतृत्व चयनका लागि मतदान भने भोली मात्र गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ । यस्तो छ निर्वाचन कार्यतालिका ।

१. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८:०० वजेदेखि १२:०० वजेसम्म ।

२. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २:०० बजे ।

३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय :२०७३ श्रावण

३२ गते दिउसो २:३० बजेदेखि ३ :०० बजेसम्म ।

४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन :२०७३ श्रावण ३२ गते दिउसो ३:३० बजे ।

५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३२ गते दिउसो ३:०० बजेदेखि ३:३० बजेसम्म ।

६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन  : २०७३ श्रावण ३२ गते अपरान्ह  ४:०० बजेसम्म ।

७. उम्मेदवारीको नाम फिर्ता :२०७३ श्रावण ३२ गते दिउँसो ५:३० वजेसम्म ।

८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन :२०७३ श्रावण ३२ गते साँझ ६:३० बजे ।

९. मतदान :२०७३ भाद्र १ गते विहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।

१०. मतगणना : मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

Post Comment