काठमाडौ साउन ३२। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नयाँ नेतृत्वका लागी ७ जनाको उम्मेदवारी परेको छ । ११ औ महाधिवेशनको उद्घाटन भएको १० दिन पछि निर्वाचन हुन लागेको हो ।
यस भन्दा अगाडि प्रतिनिधि विवादका कारण नेतृत्व चयन गर्न सकेको थिएन । आज मध्यान्ह १२ बजेसम्मा अध्यक्षका लागी ७ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षका लागी उम्मेदवारी दिनेहरुमा नैनसिंह महर,मनोजमणि आचार्य, सुभराम बस्नेत, नगेन्द्रसिंग ठकुरी ,बच्चन कार्की, आनन्द त्रिपाठि र लक्ष्मण आर्चाय रहेका छन् ।
त्यस्तै उपाध्यक्ष ,महामन्त्री , सहमहामन्त्री ,कोषध्यक्ष सहित केन्द्रिय सदस्यका लागी ६ सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन अन्तरगत अहिले उम्मेदवार नामावली तयार गर्ने कार्य भईरहेको छ । नेविसंघको नयाँ विधान अनुसार १ सय ५१ सदस्यीय केन्द्रिय कमिटिमा १ सय २९ पदका लागी निर्वाचन हुने प्रावधान छ ।
एक अध्यक्ष ११ उपाध्यक्ष , २ महामन्त्री , १३ सहमहामन्त्री ,१ कोषध्यक्ष र १ सय १ जना सदस्यका लागी भोली बिहान मतदान हुने छ ।