एजेन्सी – खेलकुदको कुम्भ मेला मानिने रियो ओलम्पिक २०१६ आजबाट औपचारिकरुपमा सकिएको छ । अर्का ओलम्पिक सन् २०२० मा जापानमा हुने छ ।
यस वर्ष पनि ओलम्पिकको शीर्ष स्थानमा अमेरीका रहन सफल रह्यो ।अमेरीकाले कुल ४६ स्वर्ण, ३७ रजत र ३८ काश्य गरी एक सय २१ पदक पदक हात पार्न सफल भएको छ ।
त्यसै गरी बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी कुल ६७ पदक हात पारेको छ ।यस्तै यस अघिका प्रतियोगीताहरुमा सनसनीपूर्ण प्रदर्शन गरेको चीन यस पटक भने कमजोर देखिएको छ ।उसले २६ स्वर्ण , १८ रजत र २६ कास्य गरी ७० पदक हात पारेको छ ।
रुसले १९ स्वर्ण , १८ रजत र १९ कास्य सहित ५६ पदक हात पारेको छ ।
त्यसै गरी जर्मनी १७ स्वर्ण सहित ४२ पदकका साथ पाचौ स्थानमा रह्यो भने १२ स्वर्ण सहित ४१ पदकका साथ जापान छैठौ स्थानमा रहन सफल भयो ।आयोजक ब्राजिल भने ७ स्वर्ण, ६ रजत र ६ कास्य सहित १९ पदकका साथ पदक तालिकाको १३ औं स्थानमा रह्यो ।
कुल २ सय ५ राष्ट्र सहभागी मध्य ७८ वटा राष्ट्रले मात्र पदक हात पारेका छन् ।नेपाल सहित १ सय ५० देश पदक बिहीन हुदै रियो ओलम्पिकबाट फिर्ता भएका छन् ।
नेपाल भने सहभागितामै सिमित बनेको छ । कमजोर व्यवस्थापन र अभ्यासका कारण नेपाली खेलाडीहरुको प्रदर्शन सहभागितामा मात्र सिमित बन्न पुगेको छ ।
नेपालको यहि रबैया हो भने टोकियो ओलम्पिक पनि सहभागितामा मात्रै सिमित बन्ने लगभग निश्चित छ । यस तर्फ सम्वन्धित निकायको ध्यान जरुरि छ ।