एनआरएनए नवौं क्षेत्रिय सम्मेलन – ३ प्रकारको रजिष्ट्रेशन गर्न सकिने

समाचार

एनआरएनए नवौं क्षेत्रिय सम्मेलन – रजिष्ट्रेशन कमिटीको सूचना

एनआरएनए नवौं क्षेत्रिय सम्मेलन अब एक हप्ता मात्र बाँकी छ | सम्मेलन रजिष्ट्रेशनको प्रारम्भिक तयारी पुरा भएको छ | यंहाहरुको सुबिधालाई मध्यनजर गर्दै निम्न ३ प्रकारको रजिष्ट्रेशन गर्न सकिने जानकारी गराउन चाहन्छौं |

प्रकार-१: साधारण रजिष्ट्रेशन (शुल्क $४०) – यो प्रकारको रजिष्ट्रेशनमा उद्घाटन समारोह र दुवै दिनका सम्पूर्ण कार्यक्रमहरुका साथै २७ तारेख बेलुकीको संस्कृतिक कार्यक्रमको लागि प्रवेश मिल्नेछ | यो प्रकारको रजिष्ट्रेशनमा ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था हुने छैन | यदि कुनै प्रकारको खानाको जरुरत परेमा सम्मेलन स्थलमै छुट्टै कुपन किन्न सकिनेछ |

प्रकार-२: दैनिक रजिष्ट्रेशन (शुल्क $१००) – अगष्ट २७ बिहान आएका सहभागीलाई एक दिन वा दुवै दिनको लागि प्रतिदिन $१०० को दरले दैनिक रजिष्ट्रेशन गराउन सकिने छ | $१०० ले एक दिनको सम्पूर्ण प्रोग्राम, ब्रेकफास्ट, लन्च, डिनर र साँझको कार्यक्रममा प्रवेश मिल्नेछ | दोश्रो दिनको लागि अर्को $१०० लाग्नेछ र त्यसको लागि अगष्ट २७ मै वा अगष्ट २८ बिहान रजिष्ट्रेशन गर्न सकिनेछ |

प्रकार-३– पूर्ण रजिष्ट्रेशन (शुल्क $२००) – अगस्ट २७ बिहान वा अहिल्यै www.nrnnccusa.org  वा www.nrna.org.np  को वेब साइटमा गएर गर्न सकिने यो रजिष्ट्रेशनले दुवै दिन (अगस्ट २७ र २८) को सम्पूर्ण प्रोग्राममा प्रवेश, दुवै दिनको ब्रेकफास्ट, लन्च र डिनर, शनिवारको सांस्कृतिक कार्यक्रम र आइतवारको कक्टेल भेटघाटमा प्रवेश मिल्नेछ |

अनलाईन बाट प्रकार-३ को रजिष्ट्रेशन गर्नुहुने सहभागीले सम्मेलन स्थलमा आफ्नो फोटो ID (पासपोर्ट वा अन्य सरकारी परिचय पत्र) देखाएर तुरुन्त नेम ट्याग तथा रजिष्ट्रेशन प्याकेज लिन सक्नुहुनेछ | सम्मेलन स्थलमानै रजिष्ट्रेशन गर्नुहुने सहभागीले स्थलमानै रजिष्ट्रेशन पछि नेम ट्याग तथा रजिष्ट्रेशन प्याकेज दिईनेछ |

रजिष्ट्रेशन अगष्ट २७ शनिबार बिहान ७:३० बजे खुल्नेछ | रजिष्ट्रेशन बिना सम्मेलनहल वा कार्यक्रममा प्रवेश गराईने छैन | अन्य जिज्ञासा वा जानकारीका लागि सम्पर्क: nrna9thregional@gmail.com

यंहाहरुलाई शुभ-यात्राको मंगलमय शुभकामना सहित अमेरिकाको गार्डेन स्टेटमा स्वागत छ | अमेरिकामा यंहाहरुको बसाई सुखमय रहोस |

धन्यवाद !

सुर्य लम्साल

संयोजक, रजिष्ट्रेशन कमिटी

एनआरएनए नवौं क्षेत्रिय सम्मेलन (अगष्ट २७-२८, २०१६)

होटेल डबल ट्री – हिल्टन नेवार्क एयरपोर्ट

१२८ फ्रन्टेज रोड, नेवार्क, न्यु जर्सी ०७११४, अमेरिका

9th NRNA Notice

Post Comment