विप्लव माओवादीसँग अन्य क्रान्तिकारी समुहहरुको एकता आज हुदैं

समाचार

Netra-Bikram-Chand

काठमाण्डौं, भदौ ७ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी र अन्य साना कम्युनिष्ट घट्टकहरुबीच आज पार्टी एकताको घोषणा हुदै छ ।

दिउसो १ बजे पछि जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा हुने छ ।

एकता प्रकृयामा हेमन्त प्रसाद ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस, विष्णु ढुंगानाको मदनवादी समुह लगायतका विभिन्न साना समुहसग‘ एकता हुने माओवादीले जनाएको छ ।

त्यसै गरी माओवादी केन्द्रका महाधिवेशन आयोजक सदस्य सन्देश पौडेल सहितका कार्यकर्ताहरु, बैद्य माओवादीका केही नेताहरु पनि एकतामा सामेल हुने तयारी भएको बताईएको छ ।