आज थप १३ जना मन्त्रीले सपथ लिदै

समाचार

…g]kfnsf] ;+ljwfg @)&@Ú ;fFem kfFr ah] /fi6«klt 8f= /fdj/0f ofbjaf6 3f]if0ff x'g] b'nxLh:t} l;Fufl/Psf] ;+ljwfg;ef ejg . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौ १० भदौ ।  नव नियुक्त थप १३ जना मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आज बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने तयारी गर्नुभएको छ ।

कांग्रेसबाट हिजो सिफारिस भएका १३ जनालाई मन्त्रीमा नियुक्ती गरी सपथ ग्रहण गराउन प्रधानमन्त्री दाहालले आज बिहान राष्ट्रपति कार्यलयमा पत्र पठाउनु भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री दाहालले शहरी विकास मन्त्रीमा अर्जुन नरसिंह केसी, परराष्ट्रमा प्रकाश शरण महत, रक्षामा बालकृष्ण खाँड, सामन्य प्रशासनमा केशव कुमार बुढाथोकीका साथै श्रम तथा रोजगार मन्त्रालयमा सुर्यमान गुरुङलाई नियुक्त गर्नुभएको हो ।

यसैगरी वानिज्यमा रोमी गौचन, शान्ति तथा पुनरनिर्माणमा सितादेवी यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवन बहादुर शाही, सिँचाईमा दिपक गिरी, उद्योगमा नविन्द्रराज जोशी, वन तथा भू संरक्षणमा शंकर भण्डारी, स्वास्थ्य तथा जनसंख्यमा गगन थापा र गरीवी निवारणमा हृदयराम थामीलाई नियुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि आज तेस्रो पटक मन्त्री मण्डल विस्तार हुन लागेको हो । कांग्रेसको आन्तरिक विवादका कारण मन्त्री सिफारिसमा ढिलाई भएपछि सरकार गठनले पूर्णता पाउन ढिलाई भएको हो ।