काठमाडौ १० भदौ । नव नियुक्त थप १३ जना मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनु भएको हो ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री दाहालले शहरी विकास मन्त्रीमा अर्जुन नरसिंह केसी, परराष्ट्रमा प्रकाश शरण महत, रक्षामा बालकृष्ण खाँड, सामन्य प्रशासनमा केशव कुमार बुढाथोकीका साथै श्रम तथा रोजगार मन्त्रालयमा सुर्यमान गुरुङलाई नियुक्त गर्नुभएको हो ।
यसैगरी वानिज्यमा रोमी गौचन, शान्ति तथा पुनरनिर्माणमा सितादेवी यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवन बहादुर शाही, सिँचाईमा दिपक गिरी, उद्योगमा नविन्द्रराज जोशी, वन तथा भू संरक्षणमा शंकर भण्डारी, स्वास्थ्य तथा जनसंख्यमा गगन थापा र सहकारी तथा गरीवी निवारणमा हृदयराम थामीलाई नियुक्त गर्नुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि आज तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्नुभएको हो । कांग्रेसको आन्तरिक विवादका कारण मन्त्री सिफारिसमा ढिलाई भएपछि सरकार गठनले पूर्णता पाउन ढिलाई भएको हो ।लतर अझै पनि साना दलबाट मन्त्र छान्न बाकी रहेकाले मन्त्रीपरिषद्ले पूर्णता भने पाउन सकेको छैन ।