काठमाडौ १२ भदौ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा मुलुकमा बढ्दो सवारी दुर्घटना न्यनुनिकरण गर्ने सम्बन्धमा छलफल हुदैछ ।
पछिल्लो समय भएका यात्रुबस दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति हुन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारी संयन्त्रलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा संसदमा छलफल हुन लागेको हो ।
विकास समितिका सभापति एवम् एमाले सांसद रविन्द्र अधिकारीले संसदमा पेश गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि आजको बैठकमा छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
सवारी दुर्घटनाका कारण पछिल्लो समय ठूलो परिमाणमा जनधनको क्षति बढेको भन्दै सडक सुरक्षाकारी योजना कार्यन्वयनको माग गर्दै अधिकारीले गत साउन ३२ गते संसदमा उक्र प्रस्ताव दर्ता गर्नुभएको थियो ।