लोकगायक गुरुङको आज अन्त्येष्टि गरिदै

समाचार

khemraj-gurung

काठमाडौं १२ भदौ ।  गत विहीबार निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आज विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।

परिवारका सदस्य विदेशमा रहेका कारण गुरुङको अन्त्येष्टि गरिएको थिएन । गुरुङको आज ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्न लागिएको जनाइएको छ ।

कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए। उनको ‘वारी जमुना, पारी जमुना‘’बोलको गीतले चर्चा कमाएको थियो ।