कोलोराडोको बोल्डर शहरमा सुर शुधाले आफ्नो सांगितिक कोशेली प्रस्तुत गरेको छ । युनिटी चर्च बोल्डरमा पुर्वि शास्त्रीय तथा लोक संगीतमा आफ्नो नाम स्थापित गर्न सफल भएका दक्ष कलाकारहरु प्रेम लामा औतारिको बाँसुरीको निखारता ,सुरेन्द्र श्रेष्ठको उत्कृष्ट र खारिएको तबलाको ताल ,राजिब श्रेष्ठको माझिएको औलाको जादूमय सितारको धून संगै बिकाश सुनुवारको गितार बादनको अबल्ल समायोजनामा गुञ्जिएको धूनले नेपाली संगीतलाई विश्वाको कुनामा छर्ने काममा नयाँ आयम थपेको छ ।
संगितको भाषा हुँदैन भन्ने कुरालाई आज सहभागि धेरै अमेरिकन संगित प्रेमिको उपस्थितिले प्रमाणित गरेको छ। अमेरिकि नागरिक पाउल टेम्पल तथा उनलाई साथ दिएका नेपाली कलाकारहरु सिमा पोखरेल ,रुबी श्रेष्ठ ,सरिना श्रेष्ठ,प्रदिती श्रेष्ठ र निकिता श्रेष्ठले ॐ शान्ती ॐ को सांगितिक लयबाट शुरु भएको उक्त सांगितिक कार्यक्रम सुर शुधाको अती लोक प्रिय दशै धून र रेशम फिरिरी लोक धूनमा गएर टुङिएको थियो । करिब एक महिनाको सांगितिक यात्राको क्रममा अमेरिकाको बिभिन्न राज्यमा EMPOWER NEPAL TOUR 2016 नाम दिएर अघि बढेको सो टोलीले डलास ,अस्टिन ,सिकागो ,न्युवोर्क ,पिटस्बर्ग ,स्प्रिङ्ग फिल्ड ,वासिन्टन ,बाल्टिमोर हुँदै बोल्डर कोलोराडोबाट यसपालिको आफ्नो यात्रााको समापन गरेको छ।
नेपाललाई निकै नजिक बाट नियालेका पुर्ब अमेरिकी राजदुत स्कट डेलिसीले नेपाल, नेपालको प्राकृतिक सुन्दरता, नेपालले भोग्नु परेको प्राकृतिक प्रकोप र नेपाल निर्माणमा सहयोगी हातको महत्व आदिको अतिनै आकर्षक रुपमा प्रस्तुत गर्नु भएको थियो भने समाजसेवी तथा रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले नेपालको धार्मिक बिशेषता सहित हिलिङ बल र यसले पार्ने सकरात्मक प्रभावको बारेमा प्रकाश पार्नु भएको थियो। सुर सुधाका सदस्य सहित कार्यक्रम संचालनमा सहयोग पुराउने पाउल टेम्पललाई संगितज्ञ तथा गायक हिरण्य भोजपुरेले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने राजदुत स्कट डेलिसीलाई पूर्व हाउस अफ रिप्रेन्जेटिभ डेब गार्डनरले खादा सहित सम्मान गर्नु भएको थियो ।
ए.एन.ए का पूर्व अदक्ष्य सुमन तिमल्सेना र राजदुत स्कट डेलिसीको पहलमा सम्पन्न भएको सो कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने महानुभाव तथा उपस्थित हुने सम्पूर्ण संगित प्रेमिलाई रुबी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।