नेपाली सेनाप्रति सम्पूर्ण नेपालीको उच्च सम्मान : रक्षामन्त्री खाँड

समाचार

1472392614minister-1

काठमाडौं, भदौ १३ । रक्षामन्त्री बालकृष्ण खाँडले देश निर्माणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

नेपाली सेनाद्वारा आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा रक्षामन्त्री खाँडले नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म सीमित साधन र स्रोत भए पनि राष्ट्र रक्षाका लागि गरेका कार्यको उच्च कदर गरे ।

उनले नेपाली सेनाप्रति सम्पूर्ण नेपालीको उच्च सम्मान रहेको बताउँदै राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न सेनालाई निर्देशन दिए ।

कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले मन्त्री खाँडलाई बधाई ज्ञापन गरेका थिए ।

रक्षा सचिव महेशप्रसाद दाहाल, रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका उच्च अधिकृतको उपस्थिति रहेको सो कार्यक्रममा मन्त्री खाँडलाई नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।