गैंडा मारेको आरोपमा पक्राउ परेका चार जनालाई थुनामा राख्न आदेश

समाचार

images

चितवन, भदौ १३ । आरोपमा पक्राउ परेका चार जनालाई चितवन जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । भारतीय नागरिक दिपु सशी, रितेष भट्ट, तथा नेपाली नागरिक सुनिल महतो र जीवन महतोलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

अदालतले गैंडा मारेको आरोप लागेका सुभास गदाल विकसँग ५० हजार रुपैंया धरौटी मागेको छ भने विकास दराई, विरजा महतो, बुधराम चौधरी र गृजलाल गछडियालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

गत साउन २४ गते चितवनको मेघौलीस्थित चौधरी गु्रपको होटल कम्पाउण्ड बाहिर एक गैंडा करेन्ट लागेर मृत अवस्थामा भेटिएपछि चितवन राष्ट्रिय निकुन्जले नौ जनालाई नियन्त्रणमा लिएको थियो ।