अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न, पूर्व प्रधान न्यायाधीस र कलाकारहरु अभिनन्दित

समाचार

14107685_10157364061595554_4646182048021626530_o

अमेरिकाबासी हजारौँ नेपालीहरुले टम्म भरिएको दुर्गा मन्दिरको हल, पार्किङ लट, बाहिर रहेको खाली चौर, वरपरका सडकका गल्लिहरु जतापनी नेपालीहरुको बाक्लो उपस्थिती, राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी, त्यसैगरि साथदिन आएका दाजुभाइहरु जब तीजका गीतहरुमा ढल्की ढल्की नाच्न थाल्थे, गाउँन थाल्थे, मंच सम्हाली नसक्नु थियो ।
यत्तिकैमा प्रमुख अतिथि, अतिथिहरु, अग्रज कलाकारहरु र आयोजकहरु तीजको गीतमा छमछमी नाचेर सामुहिक रुपमा तीज महोत्सब अमेरिका शुरु गरे ।

तिजको महत्वका बारेमा भुपनारायण घर्तिमगरको सहयोगमा डा. रघुनाथ अर्यालले पावर पोइन्ट मार्फत जानकारी गराउनुभएको थियो ।

प्रमुख अतिथि भएर तीज महोत्सब उदघाटन गर्न सपरिवार कार्यक्रम स्थल आएका पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी दँग पर्दै सम्बोधनमा भन्दै हुनुहुन्थ्यो – मलाई अत्यन्त खुशी लाग्यो अमेरिकामा पनि तपाईंहरुले नेपाल बनाइसक्नुभएको रहेछ । मलाई त यहाँ आउँदा अमेरिका होइन नेपालमै छु जस्तो अनुभुती भयो

14138826_10209149836956276_2056364745435306830_o

वहाँले अगाडि भन्नुभयो – आफ्नो कला सँस्कृती लाई जोगाइराख्नु पर्छ, तपाईंहरुले त्यो गर्नुभएको रहेछ म आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु ।

प्रमुख अतिथि रेग्मीले थप्नुभयो – मैले अमेरिका आएर थाहा पाएँ  – रामप्रसाद खनालजी को पहलमा ९ बर्ष अघी देखी अमेरिकामा यसरी तीज महोत्सब हुँदै आएको रहेछ त्यसमा सबैको साथ र सहयोग रहेछ, मलाई अत्यन्त खुशी लाग्यो । वहाँले आयोजकहरु सँगको कुराकानीका अबसरमा पनि हौँसला दिँदै यस्तै यस्तै भन्दै हुनुन्थ्यो ।

अग्रज लोक गायक एबम महा बाणिज्यदुत प्रेमराजा महत आफु यो महोत्सबको रौनक देखेर अत्यन्त हर्सित भएको बताउनुभयो । आज एन आर एन को कार्यक्रम छाडेर म यहाँ सहभागी हुँदैछु, वा यस्तो पो तीज महोत्सब ! वहाँको भनाइ थियो ।

नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा  सम्पन्न भएको छ ।

यस पटक नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) ले संयुक्त रुपमा तीज महोत्सब बिशेष
ढंगबाट आयोजना गरेका थिए ।

जहाँ नाच्ने गाउने हरेक हरेकलाई मौका दिइएको थियो । अप्रतियोगी र प्रतियोगी सबै खाले कार्यक्रम समेटिएको उक्त कार्यक्रम आयोजक मध्येका एक अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ, महोत्सब आयोजक समितिका सदस्य सचिब एबम अनेसास डिसीका उपाध्यक्ष भुप नारायण घर्तिमगर, सचिब परशु तिमल्सिनाले सँचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गरिरहेकी सँयोजक एबम SANN अध्यक्ष मन्जु सँग्रौलाले आफु यस तीज महोत्सबबाट अत्यन्त उत्साहित भएको र यसलाई सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो ।

14051692_10209149862756921_999982654499770128_n

कार्यक्रमका बारेमा प्रकाशपार्दै आयोजक, अन्तरराष्ट्रिय कलाकार मंच र दिसीका अध्यक्ष रामप्रसाद खनालले सन २००७ देखी आफु अमेरिका बस्दै आएको र सोही बर्ष देखी अमेरिकामा तीजलाई महोत्सबका रुपमा मनाउन लागिएको बताउनुभयो ।

त्यस अघी अमेरिकामा तीज कोठामा हुन्थ्यो होला, बाहिर आएको थिएन, हामीले औपचारिक रुपमा बाहिर ल्याएका हौँ, आज अमेरिकाका हरेक राज्य शहर जहाँ जहाँ नेपालीहरु बसोबास गर्छन् त्यहा त्यहा तीज खुल्ला रुपमा हुन थालएकोमा आफु हर्सित भएको बताउँदै वहाँले आफ्नो कला साहित्य सन्स्कृति चाड पर्बहरु, रिती रिवाजहरु लाई आफुहरुले अमेरिकामा पनि जिबित राख्न, अगाडि बढाउन प्रयास गरिरहेको बताउनुभयो ।

यस पटक नेपाली राजदुताबासको समेत प्रत्यक्ष साथ र समन्वयमा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अमेरिका नेपाल टेलिभिजन (ANTV) ले संयुक्त रुपमा तीज महोत्सब आयोजना गरिएको र एतिहासिक रहेको बताउनुभयो ।

नेपाली राजदुताबास अमेरिकाको तर्फबाट प्रतिनिधित्व गरेकी निता श्रेष्ठले अती उत्साहित हुँदै भन्दै हुनुहुन्थ्यो मैले अमेरिकामा यस्तो भब्य सँग तीज मनाइन्छ होला भनेर कल्पना पनि गरेकी थिइन ।

म त भर्खर भर्खर मात्र अमेरिका आएको पहिलो तीज यस्तो देख्दा म नेपाल मै छु जस्तो अनुभुती भैरहेको छ भन्दै वहाँले सबै लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अबसरमा आयोजकहरुले पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी, अग्रज लोक गायक प्रेमराजा महत, अग्रज संगीतकार शम्भुजीत बास्कोटा, टेलिभिजन स्टार रोशन प्रताप, चलचित्र नायक किरण प्रताप केसी, नायिकाहरु सारँगा श्रेष्ठ, अनुपमा प्रसाइ, नृत्य निर्देशक, कोरियो ग्राफर नबिन केसी, नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठलाई अभिनन्दन गरेका थिए ।

चलचित्र क्षेत्रका धेरै नायक नायिकाका नृत्य निर्देशक, कोरियो ग्राफर नबिन केसी, लोकप्रिय नायिकाहरु सारँगा श्रेष्ठ र अनुपमा प्रसाइ, अर्की  नृत्य क्षेत्रकी हस्ती लुना श्रेष्ठले तीज नाच प्रस्तुत गर्नुभएको थियो । वहाँहरुकै  निर्णायक टिमले सबै प्रतियोगीताका बिजयीहरुको घोषणा गरेपछी आयोजकहरुबाट बिजयी हरुलाई पुरस्कार प्रमाणपत्र प्रदान गरिएको थियो ।
शनिबार दिउँसो १२ बजे शुरु भएको कार्यक्रम साँझ ७ बजे सम्म चलेको थियो ।

कार्यक्रममा ठुलो संख्यामा आउने जाने भैरहेको थियो भने अन्य ६ वटा कार्यक्रम जुधाइका बाबजुद हजारौँ नेपालीहरु यहाँ सहभागी भएर नाच गान गरेका थिए ।
तीज महोत्सबमा सहभागी प्रभा देउजा र अरु सहभागीहरु भन्दै हुनुहुन्थ्यो – “यस्तो पो तीज महोत्सब ! क्या आनन्द आयो ।

टोल टोलका समुह बनाउने, समाज टुटाउने फुटाउने, कोठेहरुलाई, राजनीति गर्नेहरुलाई यो तीज महोत्सब एउटा गतिलो सबक थियो, सबक सिकाउनुभयो तपाईंहरुलाई धन्यवाद, बुझ्नेहरुले बुझुन, सिक्नुपर्नेहरुले सिकुन”

14066289_10209149854036703_756957386805607596_o