प्रमुख तीन दलको बैठक बस्दै

समाचार

usnepal_logo_png

काठमाडौ १४ भदौ । नीय निकायको पुनरसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख तीन दलको बैठक बोलाउनु भएको छ ।

स्थानीय तहको पुनरसंरचनामा पछिल्लो पटक देखिएको मतभेद समाधान गर्ने प्रयास स्वरुप प्रधानमन्त्री दाहालले कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बोलाउनु भएको हो ।

बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा स्थानीय तहको संख्यमा देखिएको विवादमा छलफल गरी साझा धारणा बनाउने तयारी भएको नेताहरुले बताएका छन् ।

पुनरसंरचना आयोगले तयार पारेको प्रस्तावमा ५ सय ६५ को संख्यमा स्थानीय तह हुने उल्लेख गरिएको छ । कांग्रेस माओवादीले सो संख्य बढाउनु पर्ने बताएका छन् भने एमालले आयोगको प्रस्ताव अनुसार नै अघि बढ्नु पर्ने मत राख्दै आएको छ ।

यस्तै आजको बैठकले स्थानीय निकाय निर्वाचनको मिति तय गर्ने तयारी सकेत गरेको बताइएको छ । तीन दलको बैठकअघि प्रधानमन्त्री दाहालले कांग्रेस नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गर्दै हुनुहन्छ । दुई नेताकोबीचको छलफलमा स्थानीय तह पुनरसंरचनाको संख्यमा साझा धारणा बनाउने प्रयास हुने जनाइएको छ ।