काठमाडौं, १७ भदौ । न्युजिल्याण्डमा ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३७ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु ग्रिस्बोनबाट १०५ माइल उत्तरी पूर्व रहेको छ ।
भूकम्पलगत्तै प्रशासनले टोलागा बे क्षेत्रका स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा जान उर्दी जारी गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।
स्थानीय अधिकारीहरुले भूकम्पपछि सानो सुनामीसमेत आएको बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दा फेरि पनि भूकम्प तथा सुनामी आउन सक्ने भन्दै उच्च भूभागका बसिरहेका छन् ।
भूकम्प स्थानीय समयअनुसार बिहान गएको थियो । अमेरिकी भूकम्प मापन केन्द्रले यो भूकम्पलाई निकै शक्तिशाली भनेको छ। यसअघि सन् २०११ मा न्यूजिल्याण्डको दक्षिणी आईल्याण्डमा ६.३ म्याग्निच्यूडको भूकम्प जाँदा १८५ जनाको मृत्यु भएको थियो ।