पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

समाचार

1469241180mugline rood

काठमाडौं, भदौ १७ । गएराति देखि परेको पानीका कारण पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्ड आज विहानै देखि अवरुद्ध भएको छ ।

चण्डीभन्ज्याङ–६ कालिखोलामा पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अन्य ठाउँमा खसेको पहिरो हटाइए पनि कालिखोलाको पहिरो हटाउन डोजर सहित प्रहरी परिचालन गरिए पनि पहिरो हटाउन केहि समय लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

बाहिरी जिल्लालाई काठमाडौं जोड्ने मुख्य सडकखण्ड पटक पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।