काठमाडौ भदौ,२० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नियमित स्वास्थोपचार गरेर स्वदेश फर्कदै छन् । नियमित स्वास्थ्य परिक्षणका क्रममा अध्यक्ष ओली भदौ ९ गते थाइल्याण्ड गएको थियो । ओली आज दिउसो काठमान्डौ आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
अध्यक्ष ओली राज्यको खर्चमा स्वास्थ्य परिक्षण गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा पनि नलिएको दाबी समेत गरेको थियो ।
साथै एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताएको छ।यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।