संसदको विकास समितिको बैठक आज बस्दै

समाचार

काठमाडौ २० भदौ । भूकम्पपछिको पुनरनिर्माण र पुरस्थापना, स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय प्राथमिकता प्र्राप्त आयोजना लगायतका सम्बन्धमा छलफल गर्न संसदको विकास समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि समितिको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत छलफलका लागि बोलाइएको छ ।

बैठकमा भूकम्पपछिको पुनरनिर्माणमा सरकारले गरिरहेका काम र स्थानीय निकाय निर्वाचनमा दलहरुबीच देखिएको विवादका विषयमा छलफल हुनेछ । यस्तै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणमा सरकारको तयारीका विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।