काठमाडौं, भदौ २० । एमाले अध्यक्ष केपी शर्मा ओली पत्रकारहरुसँग रिसाएका छन् । थाईल्याण्डमा स्वास्थ्य उपचार गराएर सोमबार स्वादेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनी रिसाएका हुन् ।
आफू सामान्य स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाँदा पीत पत्रकारिता गर्नेहरुले र अलाई भेट्न गएको भनि लेखको भन्दै उनले आक्रोसित हुँदै भने– झुटको खेती गर्नेहरुलाई मेरो भन्ने केहि छैन ।
त्यस्ता लेख्ने पत्रकारले सिधै कथा लेखे भइहाल्यो । राजनीतिसँग किन जोड्नु ?’ उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए ।