कसैको स्वार्थ पूर्तीका लागी संबिधान संसोधन हुन सक्दैन : ओली

समाचार

kp

काठमाडौं , भाद्र २०। एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थ पूर्तिका लागि संविधान संशोधन हुन नसक्ने भन्दै सरकारबाट ठोस प्रस्ताव आएपछि संसोधनका बिषयमा विचार गर्न सकिने प्रतिक्रिया दिनुभएको छ ।

थाईल्याण्डमा एक साता लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका ओलीले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान सम्सोधनको औचित्य सरकारले पुष्टि गर्न नसके कुनैपनि सर्तमा एमालेले साथ नदिने दोर्होयाउनुभयो ।

संविधान गतिशिल दस्तावेज भएकाले संशोधन हुनसक्ने भन्दै ओलीले वर्तमान सरकारले पनि संविधान संशोधनका बारे आफ्नो धारणा स्पष्ट रुपमा पेश नगरेकाले तत्का संबिधान संसोधन हुन नसक्ने बताउनु भयो ।

एक पटक संशोधन भइसकेकाले माग उचित भए संविधान पुनः संशोधन हुनसक्ने भएकाले सरकारबाट ठोस प्रस्ताव आएपछि मात्रै विचार गर्न सकिने उहाको भनाईछ । अघिल्लो साता भएको प्रमुख तीन दलको बैठकमा समेत एमालेले संविधान सम्सोधनको औचित्य पुष्टि गर्न सरकारलाई आग्रह गरेको थियो ।

यस्तै संसदमा सरकारले आर्थिक विधेयक पेश गर्न लागेको विषयमा गरिएको प्रश्नमा उहाँले एमाले पर्ख र हेर को नीतिमा अगाडि बढ्ने बताउनुभयो । यस्तै उहाँले थाइल्यान्डमा स्वास्थ्य परिक्षणपछि आफ्नो स्वास्थ्य अवस्था निकै राम्रो रहेको जानकारी दिनुभयो ।