भोजपुर, भदौ २० । भोजपुरको उत्तरी दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रामचन्द्र महतोको निधनले भोजपुरबासी शोकमा डुबेका छन् ।
भारतको बेगुसराय विहार घर भई २६ बर्षदेखि नेपाल आई अरुण उच्च मा.वि दिङ्लामा निरन्तर अध्यापन गराउँदै आएका महतोको गएराती भारतको पटनामा निधन भएको हो । सामान्य विरामी भएर घर गएका महतोको उपचारका क्रममा पटनामा निधन भएको थियो ।
निधनको खवर आउनासाथ दिङ्लाका जनता शोकमा परिणत भएका छन् । शिक्षकहरु मध्ये सबै भन्दा ईमान्दार र कामप्रति लगनशील ५५ बर्षीया महतोको ह्दयघातका कारण मृत्यु भएको हो । उनी लामो समयदेखि उच्च रत्तचापको समस्याबाट पिडित थिए ।
२६ बर्ष विज्ञान, गणित विषयको अध्यापन गराउँदै आएका महतोको निधनको खवर पाएसंगै शोक शभा सहित उनले अध्यापन गराउदै आएको अरुण माध्यमिक विद्यालय एक दिनका लागी बन्द गरिएको छ ।
विद्यालयका पुर्व अध्यक्ष गुरु प्रसाद राईले २०४७ सालदेखि अविछिन्न रुपमा अरुण उच्च माविमा रहि आफुसंग २०६८ सालसम्म काम गर्दा उनी अत्यन्तै मेहनती र आफ्नो कामप्रति लगनशील रहेको स्मरण गरे ।
उनले लगनशील र कर्तव्यपरायण शिक्षक महतो विदेशी हुनुको कारण स्थायी हुने अवसरहरुबाट बञ्चित रहँदै आउनु परेको गुनासो समेत गरे ।
विद्यालयमा कार्यरत शिक्षकहरुले महतो कार्यरत रहेकै अवस्थामा दिवङ्गत भएको भन्दै उनको योगदानको कदर गर्दै सरकार र सम्बन्धीत विद्यालयले पनि सहयोग गर्नु पर्ने धारणा राखे । महतोका श्रीमती, एक छोरा र एक छोरी छन् ।