अमेरीकामा रहेका सम्पूर्ण थारूहरूको साझा संस्था ‘थारू एण्ड फ्रैण्ड्स एसोशिएसन, यु. एस. ए.’ ले हरेक बर्ष झैं यस शैक्षिक सत्र २०१६/२०१७ को लागि पनि थारू छात्रवृतिको आह्वान गरेकोछ। गरीब तथा जेहेन्दार बिध्यार्थीहरूलाई लक्षितगरी संचालनमा ल्याईएको यो छात्रवृति सन् २००८ देखि नियमित रूपमा हरेक बर्ष प्रदान गरिदै आएको कुरा सो संस्थाका सचिब सत्य नारायण चौधरीले जानकारी गराउनु भयो।
प्लस टु, ब्याचलर्स र मास्टर्स तहमा नेपालमाअध्यनरत थारू समुदायका विध्यार्थीहरूले सो छात्रबृतिका लागि आबेदन दिन सक्नेछन्। सो छात्रबृतिमा पूर्ब कमैया-कमलहरी का छोराछोरी, महिला, अपॉग र आर्थिक रूपले असक्त थारूहरूलाई बिशेष ग्राहयता दिईन्छ।सो छात्रबृतिमा आबेदन दिनको लागि ‘थारू एण्ड फ्रैण्ड्स एशोसिएसन, यू. एस. ए.’ को फेसबुक पेजमा गई आबेदन फारम डाउनलोड गर्न सकिनेछ। सो छात्रबृतिको लागि चाहिने आबश्यक फारम tharusandfriends@gmail.com मा ईमेल पठाएर पनि प्राप्त गर्न सकिनेछ। त्यसपछि सो निबेदन फारममा उल्लेखित सम्पूर्ण कागजातहरू स्क्यान गरी संस्थाको ईमेल tharusandfriends@gmail.com मा पठाउनु पर्नेछ।
फारम भर्ने अन्तिम मिति ३१ अक्टोबर, २०१६ सम्म रहेकोछ भने सो छात्रबृतिको परिणाम ३१ डिस्म्बर, २०१६ मा प्रकाशित गरिनेछ। गत बर्ष २०१५/२०१६ मा १२ जना बिधार्थीलाई जनही रू. २५,००० का दरले जम्मा रू. तीन लाख रकम बराबरको छात्रबृति प्रदान गरिएको कुरा सचिब चैधरीले जानकारी गराउनु भयो।