अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुइसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दूत नियुक्त गरेको थियो ।
एक बर्ष अघिको बिनाशकारी भूकम्पपछि नेपालका लागि सहयोग जुटाउन घिमिरे सकृय थिए । दुइ बर्षे कार्यकालका लागि चुनिएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा कैलाश कायस्थ र उपाध्यक्षमा वलाराम पन्थी र सञ्जय घिमिरे छन् ।
त्यस्तै महासचिवमा भरत कँडेल र सचिवमा बेनीमाधव कँडेल गोपाल चयन भएका छन् । कोषाध्यक्षमा सञ्जय श्रेष्ठ, भ्युपोइन्ट एडिटरमा माधव ढकाल चयन भएका छन् ।
कार्यकारी सदस्यमा अनिता अधिकारी, डा. नन्द जोशी, श्रीरामहरी न्यौपाने, निजर ठाकुर, दिवाकर दाहाल, दिलिप योगी, वुना दाहाल, श्याम वस्नेत, उर्मिला निर्दोषी, ओमप्रकाश दाहाल, नीता खतिवडा र मिडिया संयोजकमा केशव खनाल चयन भएका छन् ।
त्यस्तै बोर्ड अफ टि्रष्टीमा मुकेश सिंह, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, गोपेन्द्र भट्टराई र डा.सोहन खतिवडा छन् । वरिष्ठ सल्लाहकारमा शारदा थापा छन् । सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतवार सम्पन्न भएको छ । सम्मेलनमा नेपालका राजदुत अर्जुन कार्की, सांसद लगायत विभिन्न राज्यवाट आएका नेपालीको सहभागिता थियो ।
समापन समारोहपछि नवनिर्वाचित अध्यक्ष घिमिरेले भावी दिनमा संस्थालाइ सबैको सहयोग र सल्लाहमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले संस्थाले सफलताका लागि सबैबाट सहयोगको अपेक्षा समेत राखे ।