अमेरिकामा अायाे पन्चे बाजा

समाचार

नेपालको लोक संस्कृतीको प्रतिक “नौमती बाजा पन्चे बाजा अमेरिकाको बाल्टिमोर शहरमा ल्याई पुर्याएर पन्चे बाजा बजाउन शुरु गरिएको छ ।

pancha baja

प्रशान्त महासागरको तटमा रहेको बाल्टिमोरको गन पाउडर स्टेट पार्कमा गत सेप्टेम्बर ५ तारिक श्रमिक दिवस(लेबर डे) को बिदामा आयोजित म्याग्दी बनभोजमा पन्चे बाजा बजाईयो ।

उत्तर अमेरिकाको नेपाली समुदायको जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष खेम भट्टचनले “पोखराको बस … आईपुग्यो खैरेनी …. झल्को लाईरनी” भन्ने पुरानो लोक भाकाको गीत गाएर औपचारिक रुपमा अमेरिकामा पन्चे बाजा को शुरुवात गरे ।

unnamed-1

प्रशान्त महासागरको तटमा अवस्थित मनोरम पार्कमा “नाच्दै गाउँदै पुराम् है धोका …. पन्चे बाजा आईपुग्यो अम् रिका ? ” भन्ने पहिलो गीत खेम भट्टचनले गाए पछी बनभोजमा उपस्थित झन्डै ५ /६ सय नेपालीहरुले दिनभरी नै पन्चेबाजामा नाचगान गरेर रमाईलो गरेका थिए ।