मधेसलाई अलग राखेर संविधान कार्यान्वयन नहुने राणाको भनाई

समाचार

नेपालगन्ज, भदौ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एक तिहाई जनसंख्या रहेको मधेसका मागलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ ।

राप्रपा बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले मधेसलाई अग्लगै राखेर संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गर्नुभयो । आफ्नो पार्टी संविधान कार्यान्वयनका लागि सरकारमा गएको भन्दै त्यसका लागि मधेसका मागलाई पनि सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाले देशको एक तिहाई जनसंख्या रहेको मधेसका मागलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसकिने जिकीर गर्नुभयो । मधेसमा २ प्रदेश हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाको भनाइ थियो ।