काठमाडौ, भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे सुझावपत्र दिएका छन् । भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्रीहरुसँग गरेको छलफलका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले उनलाई उक्त सुझावपत्र दिएका हुन् ।