भक्तपुर, भदौ २८ । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णंले संविधान संशोधन नभएमा दश महिनामै संविधानको अस्तित्व समाप्त हुने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कर्णले ४७ सालको संविधान दश बर्ष नटिके जस्तै संबिधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संविधानको अस्तित्व सकिने बताएका हुन् ।
अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु बैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनु पर्ने उनले बताए ।
कर्णले मधेशको माग पुरा नगरिकन ंतोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै निर्वाचन गर्छौ भन्दै सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप लगाएको बताए ।
कर्णले सिंमाकन बिवाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुइ प्रदेश निर्धारण गरिनुपर्ने बताए ।
भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने बताए ।
उनले भारतको विषयमा बोल्दा राष्ट्रघाती र चीनको सम्र्थन गर्दा राष्ट्रवादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताए ।