संखुवा सभा जिल्ला , खाँदवारी शाक्य समाजकाे आयाेजनामा २०७३ भाद्र २८ गते सङखुवा सभा जिल्लाकाे विकासमा Sankhuwa sabha community of USA काे भूमिका विषयक छलफल कार्यक्रम तथा वुद्द विहार निर्माणार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि संखुवा सभा कम्युनिटी अफ यु एस ए, अमेरिकाका अध्यक्ष श्रीमति शान्ती श्रेष्ठ र विशिष्ट अतिथि संखुवासभा कम्युनिटी अफ यु एस ए, अमेरिकाकाका संरक्षक श्री नारायण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी माेहनमणि अधिकारी, याेजना प्रमुख पुरूषाेतम घिमिरे तथा अतिथि उधाेग वाणिज्य संघ संखुवासभाका अध्यक्ष अनन्त गाैली,खाँदवारी वचत तथा ऋण सहकारीका अध्यक्ष युवराज शाक्य, तेजरत्न आँखा अस्पतालका अध्यक्ष श्यामसुन्दर उदास, संखुवा सभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरूङ, गैर सरकारी महासंघका अध्यक्ष विनाेद सुब्बा गुरूङ, नेपाल टेलिभिजनका फिल्म मेकर, कान्तिपुर सम्वादाता दिपेन्द्र शाक्य, रेडियो पत्राकार, व्यापारी, तथा समाजसेवी महानुभावहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा भखर मात्र अमेरिकामा दर्ता भएको मुनाफा रहित सामाजिक सस्था Sankhuwa sabha community of USA काे उदेश्य बारेमा संखुवासभा जिल्लाबासीहरुलाई जानकारी गराइएको थियो।
सो अवसरमा संखुवासभा समाजलाई अन्तराष्ट्रिय स्तरमा समन्वय गर्ने कार्यमा विभिन्न देशमा गठन भएका वा गठन हुन बाँकी देशमा गठन गर्ने कार्यमा संखुवासभा समाज बेलायतको महत्वपूर्ण भूमिका रहेको छ र विश्वका विभिन्न देशमा रहेका संखुवासभाली एउटै छातामुनि रहेर संखुवासभा जिल्लाको बिकासमा योगदान हुने कुरा जानकारी गराइएको थियो |
उक्त कार्यक्रममा खाँदवारीमा निर्माण भैरहेकाे बुद्ध विहारकाे सहयाेगार्थ ब्यतिगत रुपमा कोलोराडो, अमेरिकाबाट सहयोग गर्नुहुने श्रीमान\ श्रीमती श्याम श्रेष्ठ, शान्ती श्रेष्ठ रू ५३०००|-, श्रीमान\ श्रीमति हरिकुमार पार्वती श्रेष्ठ रू ५०,०००|-, श्रीमान\ श्रीमति सुरेन्द्र रूवी श्रेष्ठ रू ५३०००|-, श्री पदमराज तामाङ रू २६०००|- समेत रू १,८२,००० |- संखुवासभा समाज अमेरिकाका अध्यक्ष श्रीमति शान्ती श्रेष्ठले समाहरोमा शाक्य समाज खाँदबारीका अध्यक्ष श्री किरण कुमार शाक्यलाई हस्तान्तरण गर्नुभएको थियाे भने संरक्षक श्री नारायण श्रेष्ठबाट विहारकाे लागि थप ३ फिटकाे बुद्ध मूर्ति उपलब्ध गराइदिने प्रतिवद्दता जनाउनुभएको थियाे ।