काठमाडौं, भदौ ३१। युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै आज सरसफाइ गरिएको छ ।
बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपाइलीले दश दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएका थिए ।
मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो । रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक संरचनाको समेत सुधार गर्ने मन्त्री श्रीपाइलीले प्रतिबद्धता व्यक्त गरे ।