काठमाडौँ २ असोज । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश र्फकदै छन् ।भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण सकेर प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री योगपिठको भ्रमण पछि सिधै इन्धिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुननिर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौता भएको थियो । साथै २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।