२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा नेपालीहरूलार्इ शुभकामना दिएका छन् ।
ओबामाले संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् ।
‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी लागेको छ ।
अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ’ अमेरिकी राष्ट्रपतिको सन्देशमा भनिएको छ ।