रेडियन्ट स्कुल अगाडि राएिको बम नक्कली

समाचार

ललितपुर, ४ असोज – ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले आज बिहान स्थानीयवासीमा त्रास छाएको छ ।

सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्ष्क ईश्वर कार्कीले बताए ।dynamite601

बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।