कोरियामा नेपालीको मृत्यु

समाचार

इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली युवाको आ सुतेकै अवस्थामा निधन भएको छ । तेह्रथुम घर भएका अन्दाजी चौतीस वर्षिय दुधराम लिम्बुको गएराति आफ्नै कम्पनिको कोठामा ज्यान गएको हो ।

उनिल ख्यंगीदो किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीको रुममा कार्यरत थिए । राति र खानपीन गरेर सुतेका लिम्बु बिहान झण्डै तीन बजे तिर अप्ठ्यारो भई छटपटिए पछि उनलाई अस्पताल लगिएको सहकर्मि रोशन शाहीले बताए ।

मृतक लिम्बु तीन महिना अघि कोरियामा प्रवेश गरेका हुन् । मृतक लिम्बुसंग परिचयपत्र अर्थात एलेन कार्ड पनि नबनेको बताइएको छ ।घटनाका अनुसन्धान भइरहेको र अनुसन्धान सकिएलगत्तै नेपाल शब लैजाने बारे तयारी गरिने बताइएको छ ।