अमेरिकी Small Business Administration (SBA) र नेपालीहरूको च्याम्बर अफ कमर्सबीच रणनैतिक सम्झौता

समाचार

yeti-chamberटेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले यति च्याम्बर अफ कमर्सको स्थापना भएको थियो । २०१६ को January को पहिलो साता विधिवत रूपमा निर्वाचन संम्पन भई आफ्ना क्रियाकलाप अघि बढाएको यति च्याम्बरले आफ्नो स्थापनाको छोटो अवधिमा नै एक विशेष सफलता हासिल गर्न सफल भएको छ।

अमेरिकी सरकार अन्तर्गत रहेको Small Business Administration (SBA) सँग हालै मात्र यति च्याम्बर अफ कमर्सले एक रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। अमेरिका भरि रहेका साना तथा मझौला ब्यबसायहरुलाई सहयोग गर्न स्थापना भएको SBA सँगको यो साझेदारीमा यति च्याम्बरले SBA का सम्पूर्ण श्रोत तथा साधनको पूर्ण उपयोग गर्नपाउनुका साथै यति च्याम्बरलाई आवश्यक अन्य सहयोगहरू उपलब्ध गराईने उल्लेख गरिएको छ।

गत १७ तारिखका दिन यति च्याम्बरले आयोजना गरेको दोस्रो वार्षिक डीनर समारोहमा SBA का District Director हर्बर्ट ऑस्टिन र यति च्याम्बर अफ कमर्सका सभापति बासु भण्डारीद्वारा सयुक्त रूपमा ह्स्ताक्षरित सो साझेदारी पत्र दुई वर्षका लागि लागु हुने जनाइएको छ ।

रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर गर्दै SBA का District Director हर्बर्ट ऑस्टिनले यो साझेदारीले SBA र आफूलाई निकै नै उत्साही बनाएको बताउनु भएको थियो। ऑस्टिनले अमेरिकन नेपाली समुदाय सँगको यो सहयात्रा मार्फत थुप्रै उद्धमीहरुलाई सहयोग पुग्ने विश्वास प्रकट गर्नु भयो।

सोही समारोहमा सम्पूर्ण नेपाली व्यवसायीका तर्फ बाट SBA लाई धन्यवाद ज्ञापन गर्दै यति च्याम्बरका सभापति बासु भण्डारीले यो साझेदारीले नेपाली ब्यबसायीहरुको स्तरलाई माथि उठाउन र क्षमता अभिबृधिमा एक थप नयाँ उचाइ थपेको बताउनु भयो।

अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुको सङ्गठन मार्फत अमेरिकी सरकारसँगको निकायसँग औपचारिक रूपमा साझेदारी भएको यो नै पहिलो भएको जनाइएको छ ।

Post Comment