काठमाडौं, असोज ७ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताएका छन् ।
तामाङ राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले नेपालमा धेरै जातजाति तथा समुदाय बसोबास गर्ने भएकाले यहाँ बहुलवादी समाजको महत्व रहेको बताए ।
संयोजक भट्टराईले सम्पूर्ण जातजातिको संस्कृतिको संरक्षणका साथै उनीहरुको अधिकार स्थापित गर्न आफ्नो पार्टी क्रियाशील रहेको बताउँदै “खस आर्य, मधेसी, आदिवासी जनजाति तथा दलितलाई निश्चित प्रतिशतको क्लस्टरमा राख्नुपर्ने बताए ।