सोलुखुम्बु, असोज ९ । जुभिङ गाविसमा आज बिहान करिब ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ । बिरामी लिएर चांैरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नंको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।
इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालक सहित छ जना सबै सकुशल रहेको प्रजिअ कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ ।