पूर्वगृहमन्त्री कार दुर्घटना अपडेड : ४ को शब फेला ३को सनाखत

समाचार

९ असोज काठमाडौं   । पूर्वगृहमन्त्री माधव घिमिरे सवार कार त्रिशुली नदीमा खसेको छ । नेपाल सरकारका पूर्व मुख्यसचिव समेत रहेका घिमिरे सवार कारमा पहिले ५ भनी पनि ७  जना रहेको चितवन प्रहरीले जनाएको छ । चितवनको दारेचोक स्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको कारमा सवार सात मध्ये चार जनाको शव भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

trishuli-accident

कारमा पुर्व गृहमन्त्री माधव घिमीरे सवार रहेको बुझिएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका ड्युटी अफिसरले भने, ‘सबै मृतकहरुको सनाखत भैसकेको छैन, हराएकाहरुको खोजी कार्य भैरहेको छ ।’ मृत्यु हुनेमा प्रहरी नायव निरिक्षक आरसी कार्की, प्रहरी हवलदार विष्णु राई, नारायण प्रसाद काफ्ले रहेका छन् । शव फेला परेको एक महिलाको सनाखत हुन अझै बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिनबाट काठमाडौं आउंदै  गरेको बा ९ च १५३१ नम्वरको कार आइतबार साँझ करिब ५ बजेतिर सडकबाट तल त्रिशुली नदीमा खसेको थियो  ।