तलब खान मन्त्रालय धाउँदै मजदुर

समाचार

१० असोज, काठमाडौं । अर्धसरकारी स्वामित्वको गारखाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपपिच्छे मन्त्रालय धाउने गरेका छन् ।

उनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेका छन् । भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलसमेत दिन सकेको छैन । महिनौदेखि तलब नपाएपछि उयनीहरु मन्त्रालय आउन बाध्य भएका छन् ।

रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए ।
अवकार प्राप्त कर्मचारीको भक्ता तथा इन्सिेन्टिभका लागि ३ करोड लाग्छ ।

धेरैजसो उद्योगमा कार्यरत कर्मचारी अवकाशमा जान चाहेका छन् । उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले बताए । उद्योग मन्त्रालयबाट एक पटकलाई तलव खुवाउन स्वीकृत भए पनि अर्थ मन्त्रालयमा फाइल अड्किएको छ ।