एक लाख ५० हजार बराबरको म्याद सकिएको सामान नष्ट

समाचार

ललित सिंह, बझाङ, असोज १० । क्षेत्रीय प्रबिधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय कैलालीको नेतृत्व र जिल्ला प्रशाशन बझाङको समन्वयमा आज सदरमुखकाम चैनपुर भित्र रहेका ठूला होटल तथा किराना पसलमा छड्के अनुगमन गरेको छ । छड्के अनुगमन गर्दा एक लाख ५० हजार बराबरको म्याद सकिएका दैनिक उपभोग्य सामान भेटिएपछि नष्ट गरिएको छ ।

जिल्लाका बिभिन्न होटलमा अनुगमन गर्दा सबै भन्दा बढी चिसो पिय प्रदार्थ तिन सय लिटर, मिठाई ३५ केजि, मसला २० केजि, चियापत्ती १२ केजि, टफि २८ केजि, बिस्कुट १०० पाकेट, खाने तेल १० लिटर, सस १६ केजि र अन्य २८ केजि सामानहरु कम्पनीको मिति भन्दा म्याद सकिएका दैनिक उपभोग्य सामान बरामत गरी सरोकार बालाको नेतृत्वमा जिल्ला प्रशासनमा नष्ट गरेको छ ।

दशैं तिहारको मौका पारी सुदुरपश्चिम अनुगमन गर्नेक्रममा सबै भन्दा बढी म्याद सकिएका दैनिक उपभोग्य सामान भेटिएको कैलाली र दोश्रोमा बझाङ जिल्ला रहेको क्षेत्रीय खाद्य अनुसन्धान अधिकृत रबिन्द्र झा ले बताएु ।