काठमाडौ १० असोज । ब्यावस्थापिका संसद अन्तरगतको कृषि तथा जलश्रोत समितिको सभापति चयनका लागी आगामी शुक्रवार निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शिर्ष नेता सम्मिलत बैठकले खालि रहेको कृषि समितिको सभापति पदका लागी शुक्रवार साझ ५ बजे निर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि समिति सभापति रहेका काग्रेसका सांसद गगन थापा स्वास्थ्य मन्त्री भएपछि खालि रहेको स्थानमा निर्वाचन मार्फत पदपूर्ती गर्न लागीएको हो । जनार्दन शर्मा उर्जामन्त्री भएपछि खालि रहेको लेखा समितिको सभापतिमा भने दलहरुबीच सहमती हुन नसकेको सभामुखका प्रेस सल्लाहाकार बविन शर्माले जानकारी दिनुभयो ।
सो समितिको सभापतिका लागी आगामी बिहिवार पुन बैठक बसि दलहरुबी सहमतीको प्रयास गर्ने बैठकले निर्णय गरेको छ । संबिधानले निदृश्ठ गरेका महाअभियोग सम्बन्धि समिति र संबिधान कार्यान्वयन तथा अनुगमन निर्देशन समिति गठनका बिषयमा पनि अर्को बैठकमा नै छलफल हुने भएको छ ।