काठमाडौं, १० असोज । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागियसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामीक्याविनेटमा निर्णय लिने समेत जनाए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मन्त्रीगुरुङ्गले उक्त कुराको खुलासा गरेका छन् । मन्त्रीगुरुङ्गले भने,“दुवै देशमाकामदार पठाउने कुरामाअत्यधिकदबाबआएको छ, सरकारले सम्भवत्ः अबको क्याविनेटबाट यसबारेमा निर्णय गर्छ, प्रधानमन्त्री स्वयमले पनिमलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ ।”
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमामन्त्रीगुरुङ्गले अफगानिस्तान र ईराकस्थित् अमेरिकी, बेलायतलगायतकादुतावासमा नेपालीकामदार पठाउन काठमाडौंस्थित् अेमेरिकी र बेलायती राजदुतले प्रधानमन्त्रीलाई भेटेरै दबाबदिएको उल्लेख गर्दै भने,“उहाँहरुले हाम्रो प्रधानमन्त्रीसँग भेटेर यस्तो दबाबदिनुभएको छ, त्यतिमात्रै होईन नेपालीकामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ, त्यसैले सरकारले चाँडै प्रतिबन्धफुकुवा गरेर कामदार पठाउने प्रक्रिया खुलाउँछ ।”
उनले रेड जोनबाट ग्रिनजोनसम्म पुर्याउनको लागिउनीहरुले बुलेटप्रुफ साधनको व्यवस्थागर्ने समेत प्रतिबद्धता जनाएको बताए । त्यस्तै उनले अहिलेपनिकतिपय नेपालीकामदारहरुले टिकट काटेर बसेको भन्दै स्वयम नेपालीहरुबाट समेत दबाबआएको स्पष्ट पारे ।
उनले म्यानपावर व्यवसायमा देखिएके विकृतिविसँगतिहरु हटाउनको लागिआफूले सुधारको कार्यक्रमहरु ल्याउनलागेको जनाए । उनले भने,“यो क्षेत्रलाई सुधार गर्न र सक्षम र सवलबनाउनको लागि म नयाँ सुधारका कार्यक्रमहरु ल्याउनगईरहेको छु ।”
मन्त्रीगुरुङ्गले फ्रिभिसाफ्रि टिकटको नाममा कसैले मोटो रकमलिएको थाहापाएत्यसलाई कडा भन्दा कडा कारवाहीगर्ने समेत चेतावनीदिए । उनले अघि थपे,“फ्रिभिसा, फ्रि टिकट भन्ने अनि १० हजारको रसिदबनाउने, तर भित्रभित्रै २ लाखसम्मलिने गरेको कुरा बाहिर आएको छ, त्यस्तो गरिएको थाहापाए म कुनै हालतमा छोड्दिन, कडा कारवाही गर्छु ।”उनले आफू फ्रिभिसा, फ्रि टिकट व्यवस्थाको विरुद्धमा नभएको जिकिर गरे । गुरुङ्गले अघि थपे,“मलाई प्रलोभनमापार्नेगरि कुनै प्रस्तावआयो भने वा पैसाको विटो लिएर कोहीआएभने म पत्रकारहरलाई खबर गर्छु।”
त्यस्तै उनले स्थानीयनिकायको पूर्नसंरचनागर्नको लागिप्रमुख राजनीतिकदलहरुवीचहिजो भएको पहिलेकै ईलाकाहरुलाई आधार मान्ने सहमतिले कुनै हालतमाचुनावनहुने चूनौतिदिए । उनले भने,“तीनदलको सहमति संघीयताको मर्म र भावनाविपरित छ, पूरानै संरचनामाचुनावहुन सक्दैन ।”गुरुङ्गले अघि प्रश्न गरे,“पूरानै संरचनामाजाने हो भने संघीयता किनचाहियो ?”उनले पञ्चायती पद्धतिअनुसार स्थानीयनिकायको चुनावभए संघीय प्रणालीको अस्तित्व नै खतरामा पर्ने चिन्ताव्यक्त गरे ।
उनले दुईचार जना नेताले कुरा गर्दैमा सर्वस्विकृत निर्णय हुननसक्ने बताउँदै भने,“स्थानीयतहपूर्नसंरचनाआयोगको प्रक्रियाअनुसार नै अघि बढ्नुपर्छ, तीनदलको सहमतिकार्यान्वयनहुँदैन् ।”मन्त्रीगुरुङ्गले संविधानको व्यवस्थाअनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
उनले असन्तुष्टहरुको माग सम्बोधनगर्नको लागि संविधान संशोधनको विकल्पनभएको स्पष्ट पारे । गुरुङ्गले भने,“संविधान संशोधनप्रक्रिया छिट्टै अघि बढ्छ, संशोधनको विकल्प छैन् ।”