सेप्टेम्बर २६, २०१६ । अमेरिकाको राष्ट्रपतिय निर्वाचन अन्तर्गत आज सोमवार बेलुकी डोनाल्ड ट्रम्प र हिलारी क्लिंटन बीच पहिलो राष्ट्रपति बहस हुँदैछ ।
यस बहस अन्तर्गत डोनल्ड ट्रम्प रिपब्लिकन उम्मेदवारको स्वभाव र नीति विशेषज्ञतालाई कायम गर्दै राष्ट्रपतिको भूमिका निभाउन सफल हुन्छन कि हिलारी क्लिन्टन बर्षौँ देखी आफ्ना अगाडी आएका विभिन्न सवालहरुलाई उछिनेर मतदाताहरुको विश्वास जित्न सफल हुन्छिन – यस्तै कुराले दर्शकलाई उत्साहित गराउने छ । तर सबैले बिचार गर्नु पर्ने कुरा १७% भोटर जस्ले अहिलेसम्म आफुहरुलाई कुनै पनि पार्टी सँग सम्बन्धित गराएका छैन्न – दुबै जनाको प्रयास यही १७% लाई आफु तिर तान्ने हुनेछ ।
ट्रम्पको समर्थनमा रियल-इस्टेटका मुगल ठोस नीतिहरुको सम्बोधनको लागी आतुर रहेका र अझ उच्च अधिकारी हरु पनि विभिन्न गृहकार्यमा लागेको कुरा डोनल्ड ट्रम्पका समर्थकहरु बताँउछन । यता क्लिन्टन्का समर्थक भने ट्रम्पको पराजयले उनको सम्पन्नशिल व्यक्तित्व र रियल-इस्टेटको विकासकर्ताको छविमा आँच आउने कुरामा चिन्तित भएको बताँउछन ।
उक्त बहस अमेरिकाको पुर्वी समयनुसार आज राती ९ बजे सुरु हुनेछ । लगभग ९० मिनेटसम्म चल्ने बहसलाई एनबिसिका लेस्टर हल्टले संचालन गर्ने छन । हल्टले बहसमा राष्ट्रिय सुरक्षा, आर्थिक वृद्धि र देशको निर्देशन जस्ता विषयमा विस्तार रुपमा सवालहरु गर्ने छन ।