‘कन्सर्ट फर अ कज’ मार्फत गुरुलाई सम्मान र स्कुललाई सहयोग

समाचार

concert-for-a-cause२०७२ को सुरवातमा गएको भुकम्पले नेपालमा ठुलो जन-धनको क्षति हुँदा – सबै भन्दा बडी स्कुलहरु प्रभाबित भएका थिए अहिले सम्म पनि कतिपए विद्यालयहरुको पुन :निर्माण सुरु हुन सकेको छैन भने कतिपए स्कुलले आफ्ना पूर्व-बिधार्थीहरुको सहयोगमा आफुलाई समयमा नै पुनर्निर्माण गरे भने कती पए स्कुल आफुलाई प्राप्त सहयोगले स्कुललाई अझै बडी परिस्कृत बनाउने प्रयास गर्दै छन ।

यही सोचका साथ अमेरिकामा रहनु भएका सेन्ट जेभियर्स स्कुलका पूर्व-बिद्यार्थीहरुले अक्टोबर १ तारिखका दिन एक कार्यक्रममा मार्फत सेन्ट जेभियर्स स्कुललाई सहयोग गर्दै छन । यसै कार्यक्रममामा आधारित कुराकानी …

एक सांझ नेपालबाट अचानक फोन आयो आफुले गर्दै गरेको कामलाई थाती राख्दै भिम राईले फोन उठाय फादर मिलरको । मिलरले सिधै आफुले फोन गर्नुको कारण बताउदै जिज्ञाशा राखे “तिमीहरु यती धेरै सेन्ट जेभियसका विद्यार्थीहरु छौं तिमीहरुले हामीले बनाउँदै गरेको ‘स्मार्ट क्लास रुम’ सहयोग गर्न सक्दैनौं । यस कुराले राईलाई खुशी संगै यो काम फादर मिलरले भन्नु भन्दा पहिला किन गर्न सकिएन र किन यति ढिलाई भो भनेर मनन् गर्छन । 

फादर मिलर जो आज भन्दा ६० बर्ष अगाडि नेपाल गएर नेपाललाई नै आफ्नो कार्यक्षेत्र मात्रै नभई नेपाली नागरिकता लिदै आफ्नो अहिले सम्मको जिवन पनि नेपालमा नै समाज सेवा गर्दै आएका छन ।

फोनबाट छुटिने वित्तिकै राईले सेन्ट जेभियर्समा अध्धयन गरेका र कोलोराडोमा बसेका साथिहरुलाई फोन गरि मिलरको जिज्ञासा साटे । मुख्य त सबै भूपू-विद्यार्थीहरुले आफ्नो आफ्नो क्षेत्रबाट त सहयोग गर्छन तर सगै यो अवसरलाई किन बिशेष नबनाउने भन्ने सोच का साथ “कन्सर्ट फर अ कज” तयार भयो ।

यस कार्यक्रमका साथ आफ्नो बिद्यालयलाई सहयोगसगै आफुहरुलाई सानैबाट माया गर्ने फादर मिलर, फादर म्याथिउ र प्रिन्सिपल हिरा सरलाई सगै राखेर कार्यक्रम गर्ने अवसर आफैमा आफ्ना गुरुवर्ग प्रती सम्मान हुने सोच हो ।

कार्यक्रमलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर भिम राइ सहितको ७ जनाको(भिम राई, समीर खाति,बिजय अधिकारी, शिरिस भोजपुरे, बिष्णु बस्नेत, अनुराग अमात्य र उज्जल देवान ) समुहले कोलोराडोमा गएको ८  हप्ता देखी छलफल र तयारी गर्दै आएको छ । सेन्ट जेभियर्सबाटै आफ्नो कलेज सकेका र कोलोराडोमा बसि सांङ्गितिक क्षेत्रमा पनि उत्तीकै नाम कमाएका बिजयराज अधिकारीलाई सांङ्गितिक सांझको जिम्मेवारी टिमले सुम्पिएको कुरा राई बताउछन । सांङ्गितिक सांझमा दिपेश किशोर भट्टराई,सरोज दत्त, सितु भोजपुरे, आकृती राई र स्मृती भण्डारीहरुको सहयोग प्रती अधिकारी हार्दिक नमन भन्न छुटाउदैनन् ।

कार्यक्रम कहिले गर्ने भन्ने दोधार का बीच मिलर, म्याक्स र हिरा सर अमेरिकामा अर्को कार्यक्रममा सहभागी हुने खबरसगै यही अवसर पारेर कार्यक्रम गर्न लागिएको भिम राईले बताउदै गर्दा अर्का सदस्य समिर खातीले थपे गुरुहरुले हामीहरुमा खर्चनु भएको समयको लेखा जोखा छैन र त्यो कुनै पनि रुपमा पुर्ती हुन पनि सक्दैन तर पनि हामीहरुले यहि प्रयासमा मार्फत गुरुहरुलाई धन्यबाद भन्ने मौका पाएका छौं ।

कार्यक्रमलाई कसरी अगाडी बढाउने भन्ने सिलसिलामा बिभिन्न महोत्सवहरुमा हुने जस्तै गरी एक पटक न्युनतम प्रबेश शुल्क राख्ने र कार्यक्रमको माजा लिन सकिने कुरा समुहका अर्का सदस्य बिष्णु बस्नेत बताउछ्न । समुहका अर्का सदस्य शिरिस भोजपुरी आफुहरुले तयार पारेको मेनु देखाउदै भन्छ्न महोत्सवमा हुने जस्तै यस गरी कार्यक्रममा पनि बिभिन्न परिकारहरु राखिने र आफुलाई खान मन लागेको परिकार सुपद मुल्यमा किनेर खान सकिने व्यवस्था गरेको कुरा बताउछन ।

कार्यक्रम कहाँ गर्ने भन्ने निर्णय गर्न बेर लागेन । भिम राई जो आफु पनि रेस्टुरेन्ट ब्यवसायी हुन उनले आफ्नो रेस्टुरेन्ट जङ्की बार नि:शुल्क उपल्ध गराउने कुरा सगै टिमलाई अझै बडी हौसल्ला मिलेको अनुभब छ ।

कार्यक्रम विशेषत नेपालमा सेन्ट जेभियर्स स्कुलले बनाउदै गरको स्मार्ट क्लास कै सहयोग को लागि भएको भएर मुख्य उदेश्य नै त्यहाँ आऊनु भएकाहरु बाट जति सक्दो सहयोग हुन सक्छ  त्यसलाई सम्मान पूर्वक लिदै सत प्रतिसत स्कुलको फण्ड मा जाने र खानाका माध्यमबाट उठेको रकम पनि खानामा हुने खर्च कटाएर स्कुलको फण्डमा जाने कुरा खातीले बताउदै गर्दा टिम नै कार्यक्रममा उठ्ने रकममा बारेमा आउन सक्ने प्रश्न र धुबिधा प्रती आफुहरु सजक रहेको र यसलाई अत्यन्तै गम्भिर रुपमा लिदै रकम स्कुल पुग्ने कुरामा शन्का नगर्न अनुरोध गर्दछन । 

सम्पादक: प्राबिधिक त्रुटिका कारण स्कुलको नाम गल्ती भएका र नाम सच्चाइएको छ ।

Post Comment