काठमाडौं ,१६ असोज । दशैलाई लक्षित गरी नेपाल राष्ट्र बैंंकले आजबाट सर्बसाधारणलाई नयाँ नोट बितरण सुरु गरेको छ । राष्ट्र बैकको केन्द्रिय कार्यालय सहित मातहतका ७ क्षेत्रीय कार्यालयका साथै अन्य बैंकबाट समेत नयाँ नोट साट्न सक्ने राष्ट्र बैकले जनाएको छ ।
बैंकले यसपटक एक ब्यक्तिलाई अधिकतम ३७ हजार रुपैयाँसम्म साट्न पाउने ब्यबस्था गरेको छ । राष्ट्र बैकले सय, पचाँस, बिस, दश र पाँच रुपैयाँका दुई दुई बन्डल नोट गरी अधिकतम ३७ हजारको सेट बितरण गर्ने जनाएको छ ।
नयाँ नोट लिनका लागि बिभिन्न बैकमा बिहानैबाट सर्बसाधारण लाईनमा बसेका छन् ।राष्ट्रबैकले अन्य बैकलाई भने गत आईतबार नै नयाँ नोट बितरण गरेको थियो । यसबर्ष राष्ट्रबैकले ८ अर्ब रुपैयाँको नोट बजारमा ल्याएको जनाएको छ ।