भक्तपुर, असोज १७– गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिले आइतबार काठमाडौं महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उनले जानकारी दिए । यसअघि, प्रहरीले लूटमा संलग्न सर्लाही घर भई काठमाडौँ बस्ने २३ वर्षिय रञ्जित गुप्ता र महोत्तरी घर भई काठमाडौँ बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ । घटनाका दिन राति ठाकुर निवासमा प्रवेश गरी उनीहरुले ठाकुरकी छोरी डा। मिनाक्षीलाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए ।