माधवकुमार नेपाल इन्डोनेसियामा प्रस्थान

समाचार

काठमाडौँ, असोज १७। नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसियामा हुने ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा जानुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।

एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल आउँदो २२ असोजमा स्वदेश फर्कने एमाले प्रचार विभागका सचिव विष्णु रिमालले जानकारी दिनुभयो । सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो । रासस

Post Comment