२१ बर्षे टिमको ‘२१ बर्ष’ चलचित्र कार्तिक ५ गतेबाट

समाचार

चलचित्र ‘२१ बर्ष’ कार्तिक ५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताको क्रेज बढेको समयलाई लक्षीत गर्दै श्रीराम बालाजि फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र “२१ बर्ष”को निर्माण गर्ने सम्पूर्ण टिम नै २१ बर्षका रहेको निर्माण पक्षको दावी छ ।

चलचित्रमा  २१ बर्षीय कलाकार एंब मोडल जुनिम गहतराज र २१ बर्षीय नायीका सविना मगरको मुख्य भुमिका रहेको छ ।  सम्पुर्ण कलाकार नै २१ बर्ष उमेरको प्रयोग गरि बनाएको पहिलो चलचित्र भएको  निर्माता नहकुल खड्काले जानकारी दिएका छन्  ।

खड्का नेपाली चलचित्र क्षेत्रमा विगत केही बर्षदेखि सम्पादनको कार्य गर्दै आईरहेका छन्  । धन कुमारी बिक र नहकुल खड्का कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सुनिल मानन्धर ले निमार्ण गरेका  हुन् ।

o

२१ बर्षीय संगम सिलवालको कथा, पटकथा, संवाद रहेको चलचित्रलाई सुमन कोईरालाले खिचेका छन् भने २१ बर्षीय निर्देशक जनक खड्काका्े निर्देशन रहेको छ ।

जनकले यस अघि चलचित्र फुलै फुलको मौसम तिमीलाई लगाएतका चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

यस चलचित्रलाई सुनिल अधिकारी र बिजयराज घिमीरेले सहायक निर्देशकको रुपमा कार्य गरेका छन भने चलचित्रमा गणेश पाठक को द्धन्द्ध , अनिल गोतामे को नृत्य, सुशान्त गौतमको गीत तथा संगित र सुशान्त गौतम, प्रताप लामा आदिको स्वर रहेको छ ।

  चलचित्र यही कार्तिक ५ गतेबाट नेपालभर प्रदर्शनमा आउने  कुरा निर्देशक जनक खड्काले बताएका छन् ।

Post Comment