‘नाजमा हत्या प्रकरणका आरोपी फितलो अनुसन्धानका कारण अझै फरार’

समाचार

लुम्बिनी, कार्तिक २ । भदौ २२ गते बिहान ५ बजे आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेकी लुसाँनपा ४, पडरिया निवासी २८ बर्षीया नाजमा खातूनको कूटपीटबाट मृत्यू भएको प्रहरीले तथ्य फेला पारिए तापनि फितलो अनुसन्धानका कारण हत्या प्रकरणका आरोपीहरु अझै फरार रहेको पीडित पक्षले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार पोष्टमार्टमको रिपोर्ट तथा घटनास्थलको प्रकृति बमोजिम मृतक खातुनको शरीरको टाउकोदेखि पैतालासम्म कुटाईको नीलडाम र सुत्ने कोठा भित्र झूलको चिरपटमा रगत पोखिएको तथ्य फेला पारिसकेको अवस्थामा पनि फरार आरोपितहरुलाई अझैसम्म प्रहरीले कानूनी दायरा भित्र ल्याउन सुईको समेत लगाउन नसक्दा पीडित पक्षले प्रहरीको काम कारवाहीप्रति गुनासो गरेका हुन् ।
बहिनी नाजमा खातुनको खुल्ला कोठामा शव फेला पर्नुका साथै चिरपट समेतमा रगत पोखिएको अवस्थामा कारण निजको पति एहसानुल्लाहले निर्मम तरीकाले कूटीकूटी मारेर घटनाको फरार भएको प्रत्यक्षदर्शी छोरा फैसल मुसमान प्रहरी समक्ष बयान दिएकै कारण फरार बाबूले उनलाई भारतीय मोबाईल मार्फत फोन गरि ज्यान लिने धम्की समेत दिन थालेको मृतकको दाजु रुपन्देहीको धकधई गाबिस ९ परासीझुंगा निवासी बद्रेआलम मुसलमानले जानकारी गराएका छन् ।
उनले भिनाजु एहसानुल्लाह कार दाईजो नपाएकै कारण धेरै पहिलेदेखि बहिनी नाजमालाई शारिरीक तथा मानसिक यातना दिँदै आईरहेकाले अन्तिम घडीमा ज्यान समेत लिएर फरार भईसकेको आफूले स्थानीय प्रहरी समक्ष किटानी जाहेरी दिादा दिदै पनि भेनालाई पक्राउ नगर्दा चित्त समेत दुःखेको दुखेसो ब्यक्त गरे ।
त्यसै गरि मानवअधिकार क्षेत्रमा क्रियाशील संस्था ईन्सेक रुपन्देहीका प्रतिनिधी महिला अधिकारकर्मी रीमा बीसीले नाजमा हत्या प्रकरणका आरोपित लामो समयसम्म प्रहरीले कानूनी दायराभित्र नल्याउदा सो क्षेत्रमा प्रश्रय पाउनुका साथै महिला हिंसा झनै बढ्न सक्ने सम्भावना रहेकाले उक्त घटनाको बैज्ञानिक तवरबाट छानबिन पश्चात हत्याका आरोपीलाई राज्यले कानूनी दायराभित्र ल्याउनु पर्ने बताईन् ।
मानव अधिकारकर्मी बीसीले अधिकांश मधेशी मुश्लिम महिला घरभित्रै उत्पीडनमा पारिएकाले नाजमा हत्या प्रकरण दोषी अझै कानूनका दायरा भित्र नआउदा नाजमा जस्तै अरु महिलाहरु अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सरोकारवाला निकायले पैरवी गर्न आवश्यक रहेको स्पष्ट समेत पारिन् ।
तर घटना बिहानै हुदा प्रहरीलाई दिउसो १२ बजेसम्म प्रहरीलाई जानकारी नगराउनु, छरछिमेकको तर्फबाट पनि दोषी भगाउनुका साथै घटना दबाउन खोज्ने प्रयत्न समेत हुदाहुदै फेला पारिएको तथ्य तथा प्रमाण र पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले योजनाकार तथा दोषीलाई केही दिन भित्रै कानूनी दायरा भित्र ल्याउन प्रयत्नशील रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलीपराज झा ले दाबी समेत गरे ।
आफ्नो श्रीमती नाजमाको हत्या पश्चात एसान्नुल्लाह त्यसै दिन एक मोटरसाईकलको लिफ्ट माँगी कालीदह प्रहरी चौकी अगाडीबाटै सीमानाका मार्फत दशगजा काटेर भारततिर फरार भएको एक स्थानीयले बताए ।
प्रत्येक प्रहरी कार्यालयले सादा पोशाकमा घुमुवा प्रहरी समेत परिचालन गरेको हुँदाहुदै पनि ईप्रका लुम्बिनीको एक किलोमिटर भित्रै लुम्बिनी सशस्त्र बेस क्याम्प नजिकै रहेको घटनास्थल वरिपरि पडरिया चौकमा २४ घण्टा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रहरी उपस्थितीका बावजूद पनि नाजमाको बिहानै हत्या हुँदा दिउसो १२ बजेसम्म प्रहरीले सुईको नपाउनु गफ मात्र भएको बताए ।
नाजमा हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन पीडित पक्षको आरोप बारे रुपन्देही प्रहरी प्रमुख बुद्धीबहादुर गुरुङसँग जिज्ञासा राख्दा नाजमा हत्य ाप्रकरण बारे रुपन्देही जिल्ला अदालतमा मुद्दा बिचाराधीन रहेको हुदा छिमेकी देश भारतमा भागेर गएका आरोपीलाई नेपाल ल्याउन भरपूर कोशिश गरिरहेको उनले बताए ।

Post Comment